सरकार गैरजिम्मेवार बन्यो, खुला ठाउँमा अस्थायी अस्पताल बनाऊँ: विज्ञ

काठमाडौं : कोरोनाको दोस्रो लहर उपलब्ध स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने अवस्थामा आइसकेको भन्दै सरकारले लगभग हात उठाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो (शुक्रबार) विज्ञप्ति नै जारी गरेर अब अस्पतालमा शय्या (बेड) उपलब्ध गराउन नसकिने उल्लेख गरिसकेको छ।संक्रमितको उपचार निम्ति भरपर्दो व्यवस्थापन मिलाउनुको साटो सरकारले नागरिकलाई संवेदनशील बन्न औपचारिक आग्रह गर्दै जिम्मेवारीबाट पन्छिने संकेत गरेको हो। तर, विज्ञहरूले भने अब उपचार गर्न नसकिने आशयको सरकारी