काठमाडौँ, २१ वैशाख: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् । कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका हुन् । तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्केका भण्डारीको वैशाख १८ गते स्वाव परीक्षण गर्दा […]