‘हरेक रात निद्रामा परदेशी देश पुगेर फर्किन्छन्’

भोजराज घोडासैनी, सुर्खेत/हाल कोरिया । मनोरञ्जनका लागि विदेशिनेसँग घरको दुःख टाल्न परदेशिनेसँग जस्तो बाध्यता हुँदैन । मनोरञ्जनका लागि विदेश जानेहरू छुट्टै ‘क्याटागोरी’मा पर्छन् । उनीहरुलाई हामीसँग तुलना गरियो भने उनीहरूको आत्मसम्मानमा चोट पुग्छ । केवल मान्छे–मान्छे एकै हो भन्नेबाहेक अरू कुनै तर्क पनि त्यो क्याटागोरीको समूहसँग मेल खाँदैन । उनीहरू रहरले समुद्रको किनारमा पुग्छन् । डीएसएलआर क्यामरा, त्यो नभए आईफोनले फोटो खिच्छन् । महँगो होटेलमा बस्छन् । ब्रेकफास्ट, लञ्च, डिनरमा स्वादिष्ट व्यञ्जनको आनन्द ...