ललितपुर – नेपाल प्रेस युनियन ललितपुर शाखाले यसका संस्थापक अध्यक्ष स्वर्गीय बटुककृष्ण कार्कीको स्मृतिमा ‘बटुककृष्ण कार्की स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । कार्कीले पत्रकारिता क्षेत्र र युनियनमा पुर्याएको योगदानको कदर गर्दै प्रत्येक वर्ष ललितपुर जिल्ला कार्यक्षेत्र बनाएर काम गर्ने एक पत्रकारलाई पुरस्कृत गर्ने गरी सो पुरस्कार स्थापना गरिएको ललितपुर शाखाका अध्यक्ष केदारनाथ दाहालले बताए […]