आन्तरिक विवादले सर्वाेच्चको पूर्ण बैठक प्रभावित

सर्वोच्च अदालतमा सोमवार बस्ने भनिएको प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको पूर्ण बैठक (फूलकोर्ट) बस्न सकेन । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक सोमवारका लागि बस्ने भनी प्रधानन्यायाधीश र नेपाल बार एसोसिशनबीच आइतवारको भेटमा तय भएको थियो । न्यायाधीशहरू बैठकमा उपस्थित नभएपछि बैठक बस्न नकसेको हो । सोमवार प्रधानन्यायाधीशले तोकेको इजलासमा सुनुवाइ पनि हुन सकेन । न्यायाधीशहरू छुट्टै छलफलमा भएका कारण इजलासमा सुनुवाइ हुन नसकेको हो ।  न्यायाधीशहरूबीच मंगलवार प्रधानन्य...

सम्बन्धित सामग्री

सर्वोच्च अदालतको पूर्ण बैठक आज

काठमाडौं : सर्वोच्च अदालतको पूर्ण (फुलकोर्ट) बैठक आज बस्दैछ। दिउँसो साढे १ बजे बस्ने बैठकमा सरकारले हालै सार्वजनिक गरेको ३६ बुँदे कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ अनुरुप सर्वोच्चको सेवा प्रवाहका विषयमा छलफल हुने प्रवक्ता बाबुराम दाहालले बताए।बैठकमा कोभिड—१९ को संक्रमणको जोखिमका कारण सेवा प्रवाहमा पर्ने समस्या, सेवालाई अहिलेकै अबस्थामा लैजाने वा कटौती गर्ने विषयमा निर्णय हुनेछ। सर्वोच्च अदालतका एक दर्जन बढी न्यायाधीशमा कोरोना संक्रमण पुष्टी भएकाले सेवा प्रभावित हुने देखिएक

आज सर्वोच्च फूलकोर्ट बस्दै

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फूलकोर्ट) मंगलबार बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाएका हुन् । कोरोना संक्रमण देशव्यापी रुपमा बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो । न्यायाधीश र कर्मचारी संक्रमित हुँदा सेवा प्रभावित हुन थालेपछि आवश्यक […]

सर्वोच्च अदालत : फूलकोर्ट आज बस्दै

सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फूलकोर्ट) मंगलबार बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाएका हुन् ।कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो । न्यायाधीश र कर्मचारी संक्रमित हुँदा सेवा प्रभावित हुन थालेपछि आवश्यक निर्णय बैठक बस्न लागेको हो । आज दिउँसो डेढ बजे बस्ने बैठकमा सेवा प्रवाह र सेवा संकूचन एजेण्डा रहने बताइएको छ । प्रधानन्या

सर्वोच्चको फुलकोर्ट बस्दै, राणा सहभागी नहुने

सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाएका हुन् । तर बैठकमा उनी भने सहभागी हुने छैनन् । कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो । न्यायाधीश र कर्मचारी संक्रमित हुँदा सेवा प्रभावित हुन थालेपछि आवश्यक निर्णय बैठक बस्न लागेको हो । प्रधानन्याधीशको राजीनामा न्यायाधीशहरूले माग्दै आएका कारण राणा भने

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य नियमित प्रक्रियाका मुद्दा हेर्न छाडेपछि गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित हुने भएका छन् । जनजीवनसँग प्रत्यक्ष असर पार्ने र गम्भीर मानवअधिकार उल्लंघनसम्बन्धी कुनै मुद्दा सर्वोच्च अदालतमा पुगेमा दर्ता नहुने स्थिति छ । गत १४ वैशाखमा सर्वोच्चको पूर्ण बैठक नियमित प्रक्रियाका कुनै पनि मुद्दा नहेर्ने निर्णय गरेसँगै नागरिक अधिकारमाथि गम्भीर खेलवाड भएको कानुनविद्को भ...

अखिल (छैठौं) को २२औँ राष्ट्रिय सम्मेलन जेठ २१ देखि कञ्चनपुरमा

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को २२ औँ राष्ट्रिय सम्मेलन कञ्चनपुरको महेन्द्रनगरमा हुने भएको छ । अखिल (छैठौं) को हालै सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी २०७८ जेठ २१,२२ र २३ गते कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा २२औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको अध्यक्ष विमल पोखरेलले जानकारी दिनुभयो । अखिल (छैठौं) ले प्रतिनिधि सभा विघटनविरुद्ध देशब्यापी आन्दोलनको घोषणा पनि गरेको छ । त्यस क्रममा आउँदो माघ २ गते देशैभर मसाल जुलुश प्रदर्शन गरिनेछ । यस्तै, युनियनले संगठन निमाएणका लागि विभिन्न योजनाहरु समेत बनाएको छ । बैठकपछि अध्यक्ष पोखरेलद्वारा जारी विज्ञप्ति यस्तो छः ‘अखिल (छैठौं) केन्द्रीय समितिको सातौं पूर्ण बैठक २०७७ पुस २५ र २६ गते काठमाडौंमा सम्पन्न भएको छ । बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्नको लागि यो वक्तव्य जारी गरिएको छ । १. प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते गरेको प्रतिनिधिसभाको विघटन असंवैधानिक, अलोकतान्त्रिक र देशलाई अस्थिरतातर्फ धकेल्ने कदम भएको ठहर गर्दै प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्ने निर्णय गरिएको छ । २. संसद विघटनको विरुद्ध २०७७ माघ २ गते देशभरका जिल्ला सदरमुकाम तथा स्थानीय तहमा मसाल जुलुस सम्पन्न गर्ने निर्णय गरिएको छ । मसाल जुलुसलाई सफल पार्न सम्पूर्ण विद्यार्थी तथा जनसमुदायलाई अपील गर्दछौं । ३. कक्षा १ र ११ को पाठ्यक्रमसम्बन्धी विवादका कारण लाखौं विद्यार्थीको पढाइ प्रभावित भएको छ । विद्यालयहरुमा नयाँ पाठ्यक्रमअनुसार पढाइ भइरहेको अवस्थामा पुरानो पाठ्यक्रमअनुसार पढाइ गर्न माग गर्दै शैक्षिकसत्रको मध्यतिर सर्वाेच्च अदालतमा मुद्दा हालिएको थियो । मुद्दाको कैयौंपटक लगातार पेशी सरेको छ । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको नयाँ पाठ्यक्रमअनुसार पढाइ भइरहेको र कतिपय विद्यालयले पहिलो त्रैमासिक परीक्षा लिइसकेको अवस्थामा सर्वाेच्चको अन्तरिम आदेशको कारण पढाइ रोकिंदा लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड भएको छ । उक्त मुद्दाको छिटो टुङ्गो लगाउन अखिल (छैठौं)ले माग गर्दछ । ४. अखिल (छैठौं)को २२औं राष्ट्रिय सम्मेलन २०७८ जेठ २१, २२ र २३ गते कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न गर्ने निर्णय गरिएको छ । सम्मेलन सफल पार्नको लागि विभिन्न समितिहरु गठन गरिएको ...