गठबन्धनमा कुरा नमिल्दा मधेशमा मन्त्रिपरिषद्ले पाएन पूर्णता, राजनीतिक नेतृत्व नहुँदा बजेट तयारी प्रभावित

गठबन्धनमा सहमति नजुट्दा मधेश प्रदेशको नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी प्रभावित बनेको छ ।

सम्बन्धित सामग्री

अर्थतन्त्रलाई दूघटनातर्फ जान नदिन गठबन्धनमा छलफल जारी : प्रचण्ड

चैत १७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रमा समस्या देखिएको भन्दै समस्या समाधान गर्न गठबन्धनमा छलफल भइरहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अर्थतन्त्रलाई दूर्घटनातिर जान नदिनु राजनीतिक नेतृत्व, निजी तथा सार्वजनिक क्षेत्र सबैको दायित्व भएको बताए । उनले देशको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा बृहत्तर छलफल आयोजना गरेर साझा निष्कर्ष निकालेर समाधानको उपाय खोज्ने पनि बताए । उनले भने, ‘अहिले तरलताको अभाव, विज्ञान, प्रविधिको प्रयोग गरेर हुने गरेका थुप्रैखालका विचलनहरु त्यसको प्रभाव, अन्तरराष्ट्रिय परिस्थितिमा आएको हेरफेरको प्रभाव, हाम्रै नीतिमा कमि, कमजोरीका कारणले पैदा भएका समस्याको प्रभाव, यो सबै प्रभावहरुको गम्भिर आत्मसमिक्षा गरेर नेपालको अर्थतन्त्रलाई दूर्घटनातिर जानबाट जोगाउने दायित्व हामी राजनीतिक नेतृत्व र सबै नीजि, सार्वजनिक क्षेत्रमा, अर्थतन्त्रको क्षेत्रमा काम गर्ने व्यक्तित्वहरुको, संघसंस्थाहरुको दायित्व हुन आएको छ । यस विषयमा हामीले गम्भिर चर्चा गठबन्धन भित्र पनि गर्‍यौँ ।’ उनले भने, ‘मैले प्रधानमन्त्रीजीलाई यो विषयमा एउटा बृहत्तर छलफल आयोजना गरेर समिक्षा गर्न जरुरी छ र एउटा साझा निष्कर्ष निकालेर अर्थतन्त्रलाई दुर्घटनातिर जान बाट रोक्नुपर्छ भन्नेमा हाम्रो सहमती पनि भएको छ । र हामीले छिट्टै त्यस्तो बैठकको आयोजना गर्ने र व्यापक विचार, विमर्श गरेर अर्थतन्त्रलाई सम्हालेर लैजानेतिर हाम्रो प्रयास जारी छ । गम्भिर रुपले छलफल गरिएन र यसलाई नियन्त्रण गर्ने उपायहरु अवलम्वन गरिएन भने भोली अप्ठ्यारो स्थिति आउन सक्छ भन्ने साँचो कुरा हो । र राजनीतिक गठबन्धनको तर्फबाट मैले भन्नुपर्दा त्यो समस्याको समाधान गर्ने पहल शुुरु भइसकेको छ । उपाय निकाल्छौँ र यो स्थितिलाई हामी सम्हाल्छौं ।’ अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु मिलेर जाने पनि बताए ।