गत असार १ गते र १६ गते मेलम्ची खोलामा आएको बाढीको कारण बहु शृङ्खलागत प्रकोप भएको विज्ञहरूले निष्कर्ष निकालेका छन् । हिमालभन्दा ठीक मुनिदेखि सुरु हुने पेम्दाङ खोलादेखि दायाँ बायाँ दर्जनौँ स्थानमा पहिरो जानु, मेलम्ची र पेम्दाङ खोला मिसिएको भेमाथाङमा ग्रेगान कटान गर्नु र भेमाथाङ् देखि तल्लो भागमा धेरै पहिरोको विकास भएका कारण मेलम्ची खोलाको तल्लो तटीय क्षेत्रमा विनाश भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले पत्रकार सम्मेलन गर्दै भूगर्भविद्ले स्थल