प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद् विघटन गरेपछि तत्कालीन नेकपा राजनीतिक रुपमा ओली र दाहाल–नेपाल समूहमा विभाजित भयो । र, कानूनी लडाईं निर्वाचन आयोगमा पुग्यो । तर, तत्कालीन नेकपा उपाध्यक्ष वामदेव गौतम दुवै समूहमा लागेनन्, बरु आफ्नै नेतृत्वमा पार्टी एकता अभियान चलाए । पुस २३ मा राष्ट्रियसभामा बोल्दै गर्दा उनले ‘सर्वोच्च अदालतले ऋषि कट्टेलको पार्टीलाई वैधानिकता दियो भने एमाले र माओवादी आ–आफ्नो घर फर्कने अवस्था आउँछ’ भनेका थिए ।