थारु जातिको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न कार्यक्रमसँगै मेला तथा महोत्सवमा थारु जातिको मौलिक संस्कृतिका रुपमा रहेका नृत्यको माग बढ्न थालेपछि उक्त कला र संस्कृतिको संरक्षणसँगै विकासमा नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो । विद्यालयसँगै जिल्लामा हुने विभिन्न कार्यक्रम तथा सभा सम्मेलनमा थारु जातिसँग सम्बन्धित नाचको माग हुन थालेपछि समूह बनाएर सहभागी हुने गरेको घोराही उमहानगरपालिका–१० निवासी अनिता चौधरी बताउछिन्। ११ कक्षामा अध्ययनरत उनी