वैशाख अन्त्यसम्म सबैले पूर्ण खोप पाउनेछन् : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले वैशाखको अन्त्यसम्ममा सबै जनताले कोभिडविरुद्धको पूर्ण खोप पाउने दाबी गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले खोपलाई प्राथमिकतामा राखेको भन्दै दसैंसम्म ३३ प्रतिशत जनतालाई खोप लगाइसकिने बताए ।