समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताएका छन्।उनले भने, “जनतामा निहित सार्वभौमसत्ता, गणतन्त्र र संघीयता, सामाजिक न्याय, समावेशी शासन प्रणाली र अग्रगामी परिवर्तनसहितको नेपालको संविधान नेपाली जनताको प्रतिनिधिबाट निर्माण भई कार्यान्वयनमा आइसकेको छ । तीनवटै तहको निर्वाचन सम्पन्न भई प्रत्येक तहका सरकार गठनको चरणमा हामी प्रवेश गरेका छौँ।”