निर्वाचन आचारसंहिताविपरीत मोरङको जहदा गाउँपालिकामा कांग्रेस, जनता समाजवादी पार्टीलगायतका दलले शनिबारयता माइकिङका साथै मोटरसाइकल र सिटी रिक्सा र्याली प्रदर्शन गरेका छन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन निष्पक्ष, पारदर्शी, भयमुक्त, स्वतन्त्र र स्वच्छ रूपमा सम्पन्न गराउन निर्वाचन आचारसंहिता लागू गरे पनि सबै उम्मेदवार अहिले घरदैलो कार्यक्रमका साथै शक्ति प्रदर्शन गर्न थालेका छन् ।