यी हुन् आज बाढीको उच्च जोखिम रहेका नदी तटीय क्षेत्रहरू, सावधान !

बाढी पूर्वानुमान महाशाखाले आज बुधवार बाढीको उच्च जोखिममा रहेका नदीबारे जानकारी दिएको छ । महाशाखाले बुधवार कालिगण्डकी, भेरी, पश्चिम राप्ती, तिनाउ, बबई लगायत नदी बाढीको उच्च जोखिममा रहेका जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी, तराई र चुरेको भूभाग भई बहने साना नदीमा बहाव बढ्दो हुने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह पुग्ने महाशाखाले जनाएको छ । महाशाखाले नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । यस्तो छ बाढी सम्बन्धी पूर्वानुमान –

सम्बन्धित सामग्री

तीन दिन पश्चिमी क्षेत्रका नदीमा बाढीको सम्भावना, १३ जिल्ला उच्च जोखिममा

काठमाण्डाै - अबको तीन दिन पश्चिमी क्षेत्रका नदीमा बाढी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ । नदी तटीय क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका डुबान भइरहने होचा ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो । महाशाखाका अनुसार गुल्मी, प्युठान, बाग्लुङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, अछाम, डोटी, कैलाली, कञ्चनपुर, डडेलधुरा र बैतडीमा उच्च जोखिम छ ।