मोरङ – उर्लाबारी नगरपालिकास्थित एक अस्पतालको भवन उद्घाटनका क्रममा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवको विरोध भएको छ। नगरपालिका–३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको नयाँ ओपीडी भवन उद्घाटनका क्रममा आइतबार स्वास्थ्यमन्त्री यादवलाई केही युवा समूहले कालो झण्डा प्रदर्शन गरेका थिए। भवन निर्माणका क्रममा अनियमितता भएको विरोधमा स्थानीय मंगलबारे युवा क्लबका पदाधिकारीहरुले मन्त्री यादवको […]
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी खम्पाले भारत सरकारको आर्थिक सहयोगमा भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा निर्माण गरिएको महात्मा गान्धी मेमोरियल अस्पताल भवनको बिहीबार संयुक्त रूपमा उद्घाटन गरेका छन् ।दुई करोड २६ लाखको लागतमा निर्माण गरिएको यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको […]
स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले अब आउन सक्ने तेस्रो वेभको कोभिड महामारीलाई ध्यानमा राख्दै गम्भीरतापूर्वक पूर्व तयारीमा रहन निर्देशन दिएका छन् । शनिबार वीर अस्पताल परिसरमा रहेको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको अवलोकन गर्दै मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् । प्रधानमन्त्री केपी शर्माले आइतबार अस्पताल भवन उद्घाटन गर्ने पूर्वसन्ध्यामा निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्ठले अब आउनसक्ने कोभिड महामारीको तेस्रो चरणको विश्लेषण गरी तत्काल सबै उपाय अवलम्बन गर्न आग्रह गरे । उनले भन