आफुलाई अलौकिक दावी गर्दै आएका पोखराका कवि देशभक्त सिंह कुँवर सामाजिक सञ्जालमा निकै आलोचित भएका छन् । शनिबार भएको एउटा कार्यक्रममा उनलाई आयोजकले १२ वटा उपाधि दिएको फोटो र उपाधिको शीर्षक सार्वजनिक भएसँगै उनको आलोचना शुरु भएको हो ।उनले शब्द सम्राट, वाङ्मय सम्राट, साहित्य सम्राट, सिर्जना सम्राट, रचना सम्राट, लेखक सम्राट, दिव्य गायक, बहुआयामिक व्यक्तित्व, सङ्गीत मणिरत्न, युग सञ्चारमणि, महासाहित्यकार र दुर्लभ महामानव ‘उपाधि’ प्राप्त गरेका हुन् । कुँवरले उपाधिसँगै प्रमाणपत्र, चिनो तथा