कार दुर्घटनामा बैंकका शाखा प्रबन्धक पाण्डेको मृत्यु

बुटवल : कपिलवस्तुको बाणगंगामा भएको सवारी दुर्घटनामा परी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका शाखा प्रबन्धकको मृत्यु भएको छ। गयराती कपिलवस्तुको बाणगंगा नगरपालिका बुङ्चीस्थित महेन्द्र राजमार्गमा भएको कार दुर्घटनामा परी बाणगंगा नगरपालिका–१ पिपराका अनुराग पाण्डेको मृत्यु भएको हो। पाण्डे जितपुर चार नम्बरमा रहेको शाइन रेसुङ्गा बैंकको शाखा प्रबन्धकका रुपमा कार्यरत थिए। दुर्घटनमा…