के हो ब्लु चिप शेयर ? [शेयर शिक्षा]

असार १२, काठमाडौं । लामो समयदेखि नाफा कमाउँदै आएका तथा लगानीकर्ताहरुलाई उच्च लाभांश प्रदान गर्दै आएको कम्पनीको शेयरलाई ब्लु चिप शेयर भनिन्छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार यस्ता कम्पनी लगानीकर्ताप्रति तुलनात्मक रुपमा बढी जवाफदेही हुन्छन् । सामान्य अर्थमा ती कम्पनीहरु लगानीकर्ताको विश्वास जितेका हुन्छन् अनि पारदर्शी, जिम्मेवारीको स्पष्ट विभाजन, प्रतिफलको न्यायोचित वितरण संस्थागत सुशासनमा पनि अगाडि हुन्छन् । यस्ता कम्पनीको शेयरहरुको बजार मूल्य प्रायः बढिरहेको हुन्छ । समयअनुसार आफुलाई अगाडि बढाउन नसक्ने कम्पनीहरु कुनैबेला ब्लु चिप कम्पनीको रुपमा स्थापित भएपनि समयसँगै टाट पल्टेका उदाहरण पनि रहेका छन् । कम्पनीको प्रगतिलाई सो कम्पनीमा व्यवस्थापनमा कस्ता व्यक्तिहरुको संलग्नता रहेको छ भन्ने कुराले ठूलो भुमिका खेल्ने गर्दछ । संस्थागत सुशासन भएका, राम्रो आम्दानी भएका, शेयरधनीको विश्वास जितेका र व्यवस्थापन पक्ष राम्रो भएका कम्पनीहरुको शेयरलाई ब्लु चिप शेयरको रुपमा चिनिन्छ। कुनै समयमा ब्लु चिप मानिने कम्पनीहरुको शेयर पनि समयक्रमसँगै सामान्य कम्पनीहरु जस्तै बन्न पनि सक्दछ । खासगरी दोश्रो बजारमा ब्लु चिप कम्पनीको शेयर मूल्य महंगो हुने गर्दछ ।  नेपालमा युनिलिभर नेपाल लिमिटेड, नविल बैङ्क, बोटलर्स नेपाल, नेपाल लाईफ इन्स्योरेन्सलगायतका कम्पनीको शेयरलाई ब्लु चिप शेयरको रुपमा लिने गरिन्छ ।  सामान्यतया नेपालको हकमा कम्पनीको बजारमा उच्च छवि  भएका तथा हकप्रदमा भन्दा बोनसमा वितरणलाई प्राथमिकता दिने कम्पनीलाई ब्लु चिप कम्पनीको रुपमा चित्रण गर्ने गरिन्छ ।

सम्बन्धित सामग्री

आज शेयर बजार राताम्मे

काठमाडौं– शेयर बजार आज उच्च अंकले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ५२ अंकले घटेर दुई हजार १३ दशमलव ९३ विन्दुमा झरेको छ । यस्तै सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको […]

सामान्य बढ्यो शेयर बजार

शेयर बजार परिसूचक नेप्से आज बिहीबार पाँच दशमलव १३ अंकले बढेर दुई हजार ६६ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ । आज होटल, जलविद्युत्, लगानी, उत्पादन, म्युचल फन्ड, बीमा, अन्य र व्यापार समूहको शेयर बढेको छ । सबैभन्दा धेरै एसियन लघुवित्तको शेयर नौ प्रतिशत र सिंगटी हाइड्रोको शेयर साढे सात प्रतिशतले बढेको छ । आज […]

बुढीगण्डकीको शेयर संरचना परिमार्जन

काठमाडौं । बुढीगण्डकी जलविद्युत् आयोजनालाई नेपाल विद्युत प्राधिकरणको बहुमत शेयर स्वामित्व हुनेगरी अगाडि बढाउने तयारी गरिएको छ । शेयर संरचनालगायतका विषयमा अन्तिम टुङ्गो लगाउन प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलको प्रतिवेदनका आधारमा शेयर संरचनामा संशोधन गरिने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन अनुसार आयोजना अगाडि बढाउन शेयर […]

शेयर बजार आज फेरि घट्याे

काठमाण्डाै – शेयर बजार आज बुधवार फेरि घटेको छ । हिजो मङ्गलवार र अस्ति साेमवार सामान्य सुधार भएको शेयर बजार आज पाँच दशमलव ८९ अङ्कले घटेर एक हजार आठ सय ६७ दशमलव २२ अङ्कमा झरेको छ ।   आज बैकिङबाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ ।  बजार घटेकाे दिन दुई सय ५२ वटा कम्पनीकाे २४ लाख ४० हजार कित्ता शेयर ८६ करोड ३८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ११ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच...

७७ अङ्कले घटेर शेयर बजार राताम्मे, ६ वटाबाहेक सबै कम्पनीको शेयर ओरालो

काठमाण्डाै – शेयर बजार आज साेमवार ७७ अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ७७ दशमलव शून्य एक अङ्कले घटेर एक हजार नाै सय १५ दशमलव ६१ विन्दुमा झरेको छ ।  सबै समूहको शेयर ओरालो लागेकोमा विकास बैंक, जलविद्युत्, बीमा, उत्पादन र लघुवित्त समूहको शेयर उच्च अङ्कले घटेको छ ।  आज दुई सय २७ वटा कम्पनीको शेयर कारोबार भएकोमा ६ वटाबाहेक सबै कम्पनीको शेयर घटेको छ । ६३ लाख १३ हजार कित्ता शेयर दुई अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ११ करोड रुपैयाँक...

शेयर बजार घटेर राताम्मे, ८ वटाबाहेक सबै कम्पनीको शेयर ओरालो

काठमाण्डाै – काराेबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार पनि शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३७ दशमलव ६ अङ्कले घटेर दुई हजार दुई सय ३८ दशमलव ६२ विन्दुमा झरेको छ ।  सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय ३२ वटा कम्पनीका ४६ लाख ७४ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भयो । सबैभन्दा धेरै सूर्य लाइफ इन्सोरेन्सको आठ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भयो ।  आज घले...

नेपालको शेयर बजारमा भड्किएका मनहरू…

‘शेयर बजार साम्राज्यवादको साधन’, ‘शेयर बजार जुवाघर’, ‘शेयर बजार विरोधीलाई नो भोट अभियान’, ‘शेयर बजारमा सर्वसाधारणको १२ खर्ब भन्दा बढी सम्पत्ति डुब्यो’ यी र यस्तै धेरै शीर्षकले हिजो–आज नेपाली छापाहरू रंगिइरहेको देख्न पाइन्छ । शेयर बजार पूँजी संकलन र परिचालनका लागि पूँजीवादी अर्थ–व्यवस्थाको एउटा महत्वपूर्ण खम्बाका रूपमा स्थापित भएको छ । यसले जनताको थोरै स्रोत […]

पिपुल्स हाइड्रोपावरले शेयर जारी गर्दै

काठमाडौं, मंसिर १७ । पिपुल्स हाइड्रोपावरको ९६ लाख कित्ता साधारण शेयर निश्कासनका लागि शेयर प्रत्याभूति समझदारी भएको छ । कम्पनीको ९६ करोडको प्राथमिक शेयर निश्काशनका लागि नागरिक लगानी कोषसँग शेयर प्रत्याभूति सम्बन्धी समझदारी भएको हो । शेयर प्रत्याभुतिकर्ता सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोका तर्फबाट कम्पनीका प्रवन्ध संचालक केशव बहादुर रायमाझीले हस्ताक्षर […]

शेयर बजारमा उच्च वृद्धि, १३ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो

निरन्तरको गिरावटपछि शेयर बजारमा बुधवार उच्च अंकको वृद्धि भएको छ । शेयर बजार परिसूचक नेप्से १ सय ४ दशमलव ८८ बिन्दुले बढेर २८ सय १६ दशमलव ९५ बिन्दुमा कायम भएको छ ।  अघिल्लो दिन १३ अंकले बढेको  शेयर बजारमा बुधवार उछाल आएको हो । १३ कम्पनीको शेयर १० प्रतिशतका दरले बढेर सर्किट लाग्दा समग्र बजार ३ दशमलव ८७ प्रतिशतले बढेको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।  सोमवार ८ अर्ब, मंगलवार ७ अर्बमाथिको कारोबार भएको शेयर बजारमा बुधवार  ६ अर्ब १७ करोडको कारोबार भएको छ । कार...

शेयर किन्दै हुनुहुन्छ ? जान्नुस् यी ५ कुरा

१४ भदौ, काठमाडौं । पछिल्लो समय शेयर बजारमा सर्वसाधारणहरुको आकर्षण बढ्दो छ । शेयर लगानीकर्ताहरुले राम्रै कमाइरहेका पनि छन् । तर शेयर बजारमा लगानी गर्ने सबैले कमाउँछन् भन्ने होइन । शेयर बजार जोखिम भएको बजार हो, यसकारण यहाँ शतप्रतिशत कमाइको ज्ञारेन्टी हुँदैन । बजारबारे राम्ररी बुझेर शेयर खरिद गर्नेहरुले राम्रै कमाएका पनि छन् । आफूले […]