गठबन्धनको जिम्मा स्थानीय तहलाई दिने लोसपाको निर्णय
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने जिम्मेवारी सम्बन्धित पार्टी समितिलाई दिने निर्णय गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बिहीवार बसेको बैठकले आगामी ३० वैशाखमा हुने स्थानीय...
बागलुङका दुई स्थानीय तहलाई क्षयरोगमुक्त बनाउने अभियान सञ्चालन गरिएको छ । बडिगाड गाउँपालिका र गलकोट नगरपालिकालाई क्षयरोगमुक्त पालिका बनाउने लक्ष्यसहित स्वास्थ्य कार्यालय बागलुङ र सम्बन्धित स्थानीय तहले काम अगाडि बढाएका छन् ।...
काठमाडौं । देशभरका स्थानीय तहलाई आफ्नो कार्यक्षेत्रभित्रको जमिनलाई आगामी मंसिर २३ गतेभित्र कृषि क्षेत्र र गैरकृषि क्षेत्रमा वर्गीकरण गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पत्राचार गरेको छ । मन्त्रालयले बुधबार भूउपयोगको नीति–२०७२ अनुसार जमिनलाई वर्गीकरण गर्न स्थानीय तहलाई पत्राचार गरेको हो । नापी विभागले ७ सय ५३ वटै स्थानीय तहको भूउपयोगको नक्सा, सोको […]
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले स्थानीय तह बलियो नहुँदासम्म देशको विकास हुन नसक्ने बताएका छन्। उनले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउँदै संघ र प्रदेशका योजना तथा कार्यक्रमहरु कार्यान्वयनको जिम्मेवारी पनि स्थानीय तहलाई दिइनुपर्ने बताए।...
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८७ लाख बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७९÷८० का लागि जिल्लाका दश स्थानीय तहलाई उक्त बजेट विनियोजन भएको हो । चार नगरपालिका र छ गाउँपालिकालाई सरकारले अन्तर सरकार वित्तीय हस्तान्तरणमार्फत् उक्त रकम विनियोजन गरेको अर्थ मन्त्रालयले जनाएको छ । चार नगरपालिकाका लागि रु दुई अर्ब ४५ करोड ५७ लाख र छ गाउँपालिकाका लागि रु एक अर्ब ८९ करोड ३० लाख बजेट विनियोजन भएको छ । भानु नगरपालिकाका लागि चालुतर्फ रु ५२ करोड ७३ लाख र पुँजीगततर्फ
१० जेठ, काठमाडौं । सरकारले फोहोर व्यवस्थापनको लागि स्थानीय तहलाई आवश्यक प्राविधिक सहयोग गर्ने भएको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा फोहोर व्यवस्थापन गर्नका लागि स्थानीय तहलाई प्राविधिक उपलब्ध गराउन संस्थागत प्रबन्ध गरिने उल्लेख छ । आगामी आर्थिक वर्षमा एक सय स्थानीय तहलाई सरसफाई सम्बन्धी गुरुयोजना ल्याउन सहयोग […]
खलङ्गा, १० असोज: प्लान इन्टरनेशनलको आर्थिक सहयोग र पेस नेपालको साझेदारीमा जुम्लाका स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । कोभिड–१९ रोकथाम, न्यूनीकरण र प्रतिकार्यका लागि स्थानीय तह र जिल्लामा सञ्चालित आइसोलेशन केन्द्र र अस्पताललाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्वास्थ्य सामग्री प्रदान गरिएको […]
नेपालगञ्ज – स्मार्ट लकडाउनको अवधारणा अघि सारेर स्थानीय प्रशासनले विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएको छ । स्मार्ट लकडाउनमा चार वटा तह रेड, मिस्क, एलो र ग्रिन जोनको निर्धारण नम्बरका आधारमा विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिइएको छ । बाँकेका आठ वटा तहमध्येमा कोहलपुर नगरपालिका मिस्क जोन, नेपालगञ्ज उपमहानगरपालिका एलो र अरु ६ वटा […]