साहित्य समाजको दर्पण हो : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साहित्य समाजको दर्पण भएकाले संसारलाई जोड्न यसले पुलको रूपमा काम गरिरहेको बताएका छन् । पत्रकार एवं साहित्यकार वियोगी बुढाथोकीको नियात्रा संग्रह ‘शनैः शनैः यात्रामा’को लोकार्पण समारोहमा उनले उत्कृष्ट साहित्य सिर्जनामा सबै स्रष्टालाई जोड्न मन्त्रालयले कडीका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री कार्कीले भने, ‘सहित्य विधा राजनीतिभन्दा नितान्त भिन्न छ, साहित्यलगायत समाजका हरेक विधा र क्षेत्रमा रहेका चुनौतिलाई अवसरका रूपमा रूपान्तरणका लागि सबैबाट य...

सम्बन्धित सामग्री

साहित्य, कला र सङ्गीतले मुलुकलाई विश्वसँग जोड्छ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साहित्य, कला र सङ्गीतले मुलुकलाई विश्वसँग जोड्ने बतउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा यहाँ आज आयोजित पुस्तक विमोचन समारोहमा सञ्चारमन्त्री कार्कीले कलाकृति मुलुकको सम्पति भएको उल्लेख गर्दै यसको महत्व अझै बढाउनुपर्नेमा जोड दिनुभयो । सरकारका प्रवक्ता रहनुभएका मन्त्री कार्कीले मुलुकका शान्ति, अमनचयन, सुशासन कायम भएपछि समृद्धि हुने र त्यसले कला साहित्यको विकासमा पनि योगदान गर्ने बताउनुभयो ।