कपिलवस्तुमा सर्पदंश उपचारबारे अभिमुखीकरण

सुशील गैरे कपिलवस्तु । वर्षासँगै सर्पको बिगबिगी बढ्न थालेपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले जनचेतनाको कार्यक्रम सुरू गरेको छ । नगरपालिकाले विज्ञ टोलीसहित सर्पदंश उपचारबारे अभिमुखीकरण कार्यक्रम सुरू गरेको हो । सर्पले टोकेका बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थामा लैजानु पर्ने विषयमा सर्वसाधारणलाई जानकारी दिन कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले अभिमुखीकरण कार्यक्रम सुरु गरेको हो । नगरपालिकाले पहिलो चरणमा नगरभित्रका […]