‘चिप्लेटी होइन, ह्विलचेयर र्‍याम्प बनोस्’

भक्तपुर, सिद्धपोखरी छिर्न नयाँ बाटो खुलेको छ। मूलसडकसँगै जोडिएको झन्डै एक मिटर चौडा बाटोमा समतल इँटा छापिएका छन्। थोरै भिरालो छ। र, फनक्क घुमेर पोखरीको ढोकासम्मै पुग्छ। यो बाटो सिद्धपोखरी घुम्न चाहने ती व्यक्तिका निम्ति हो, जो ह्विलचेयरमा हिँड्छन्। ‘भक्तपुरका पर्यटकीय संरचना अपांगतामैत्री बनाउने योजनाको सुरुआत हामीले सिद्धपोखरीबाट गरेका छौं,’ भक्तपुर नगरपालिका मेयर सुनील प्रजापतिले…