साढे दुई महिनादेखि खेर गएको न्यादीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने

साढे दुई महिनादेखि खेर गएको लमजुङको ङादी खोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ। चिनियाँ लगानीमा निर्माण भएको माथिल्लो मर्स्याङ्दी ‘ए’ ले असहयोग गरेपछि आयोजनाको विद्युत् साढे दुई महिनादेखि खेर गएको थियो। हाल आयोजनाको बिजुली २२० केभी मर्स्याङ्दी कोरिडोर प्रसारण लाइनअन्तर्गतको खुदी स्वस्टेसनमा जोड्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ।