वैकल्पिक राजनीतिको सुरुवात काठमाडौँ महानगरबाट हुनेछ : समीक्षा बास्कोटा

स्थानीय तहको निर्वाचनका लागि दलहरूको सक्रियता बढ्दै गर्दा वैकल्पिक शक्तिका रूपमा अघि बढ्दै गरेको विवेकशील साझाले चुनावी क्रियाकलापलाई तीव्रता दिएको छ । पार्टीले राजनीतिको केन्द्रबिन्दु काठमाडौँ महानगरपालिकामा मेयर र उपमेयर पदका उम्मेदवार खडा गरिसकेको छ । ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुई जना महिलालाई जिम्मा लगाऊँ राजधानीको गौरव पुनर्स्थापित गरौँ’ भन्ने नारा अघि सार्दै विवेकशील साझाले महानगरका लागि मेयर र उपमेयरका उम्मेदवार अघि सारेको हो । २०७४ को स्थानीय तहको निर्