काठमाडौँमा निषेधाज्ञाका क्रममा विवाह व्रतबन्धका हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्नेगरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर आवतजावत गर्न पाइने भएको छ ।
नित्य पूजाबाहेक सबै धार्मिक, सांस्कृतिक गतिविधि सञ्चालन गर्न पाइने छैन ।
यसैगरी पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासका आधारमा आवतजावतमा सहजीकरण गरिने जनाइएको छ । सूचना विभागको प्रेस पास नभएका अवस्थामा सञ्चारगृहले न्यूनतम कर्मचारी मात्र खटाउने र सोको विवरण जिप्रकामा उपलब्ध गराउने गरी कडाइ गरिएको छ । यसअघि पत्रकार ...