अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच इन्डोनेसियाको बालीमा तीन घण्टा लामो ऐतिहासिक शिखर वाता द्वन्द्व टार्ने प्रतिबद्धतासहित सम्पन्न भएको छ ।
ताइवान र अन्य विषयमा महिनौँदेखि जारी तनावपछि जी–२० शिखर सम्मेलनअघि रिसोर्ट टापुमा लामो समयदेखि प्रतिक्षा गरिएको बैठक सुरु गर्नुअघि बाइडेन र सीले अमेरिका र चिनियाँ झण्डामुनि उभिएर हात मिलाउनुभएको थियो ।
बेइजिङ र वाबिङ्टनले विश्वलाई ‘हाम्रा मतभेदलाई व्यवस्थापन गर्न, प्रतिस्पर्धालाई द्वन्द्वमा परिणत हुनबाट रोक्न सक्छन्’ भनेर देखाउन ...