सुर्खेत जिल्ला अदालतले वीरेन्द्रनगर–६ का सौगात रावतको जग्गा नामसारी प्रकरणमा १३ जनालाई दोषी ठहर गरेको छ । जग्गाधनी सौगात रावतलाई थाहै नदिइ अर्काको नाममा नामसारी गरिएकोमा भन्दै दायर मुद्दामा अदालतले १३ जनालाई दोषी ठहर गरेको हो ।न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल इजलासले १९ जना प्रतिवादीमध्ये १३ जनालाई कसूरदार ठहर्याएको हो । जग्गाधनी रावतले एक वर्ष अघि आफूलाई थाहै नदिइ आफ्नो नामको जग्गा नामसारी गरिएको भन्दै १९ जनाविरुद्ध मुद्दा दायर गरेका थिए । जसमध्ये सहबीर कार्की, अमरसिंह कटुव