प्रत्यक्षतर्फ १ करोड ८७ लाख मतपत्र छपाइ सकियो, समानुपातिकतर्फ ९ जिल्लाको मतपत्र ढुवानी  बाँकी

प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि कूल १ करोड ८७ लाख ५० हजार मतपत्र छपाइ भइसकेको छ ।

सम्बन्धित सामग्री

समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी भइसकेको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार बाँकी नौ जिल्लाको मतपत्र ढुवानी तिहारलगत्तै हुनेछ। हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३६ जिल्लाको र सोही प्रणालीको प्रदेशसभाका लागि ३३ जिल्लाका मतपत्र छपाइ सम्पन्न भएको […]

निर्वाचनका लागि १ करोड ८७ लाख ५० हजार मतपत्र छपाइ

४ मंसिरमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३३ जिल्लाको ९६ लाख ७४ मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश सभातर्फ ३३ जिल्लाको ९० लाख ७६ हजार ५०० मतपत्र छपाइ सकिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि कूल १ करोड ८७ लाख ५० हजार मतपत्र छपाइ भइसकेको छ ।समानुपातिकतर्फ ९ जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी छ । बाँकी रहेका जिल्लाहरू मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा छन् । प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचनका लागि १ करोड ९३ लाख १३ हजार

सुदूरपश्चिम प्रदेशमा मतपत्र ढुवानी सुरु

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सुरु भएको छ । निर्वाचन आयोगका अनुसार आज कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्चुलालगायतका जिल्लामा मतपत्र ढुवानी भएको छ ।बागमती, मधेश र प्रदेश नं १ का जिल्लामा यसअघि नै मतपत्र ढुवानी भइसकेको छ । पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म २० जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । बुधबार प्रतिनिधिसभातर्फ अछाम, डोटी, कैलाली

प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

काठमाडौं, असोज २९ । । पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको मतपत्र छपाइ सुरु भएको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी थालिएको छ। आठ जिल्लाका लागि आवश्यक समानुपातिकतर्फको मतपत्र शुक्रबार ढुवानी गरिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार असोज ३१ गतेभित्र ३५ जिल्लामा मतपत्र ढुवानी सम्पन्न भइसक्नेछ। कात्तिक पहिलो […]

समानुपातिक तर्फको मतपत्र ढुवानी सुरू, तस्वीरहरू

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गत समानुपातिक तर्फको मतपत्र ढुवानी सुरु गरेको छ। समानुपातिक तर्फ ४ करोड ५५ लाख मतपत्र छपाइ सकिएको प्रमुख आयुक्त दिनेश थपलियाले बताए।प्रतिनिधिसभाको समानुपातिकमा १ करोड ९८ लाख ७१ हजार र प्रदेशसभा सदस्यतर्फ २ करोड १ लाख ८४ हजार मतपत्र छापिएको हो। समानुपातिकतर्फको मतपत्रमा उम्मेदवार नै नभएका दलको चिह्नसमेत राखेर छपाइ सकिसकेको छ।आगामी निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ८८ मतदाताले मतदान गर्न पाउनेछन् ।आयोगले प्रतिनिधिसभा र प्

मतपत्र ढुवानी सम्पन्न, तयारी तीव्र

काठमाडौँ– स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी कार्य सम्पन्न भएको छ भने निर्वाचन आयोगका विभिन्न प्रदेश र जिल्ला निर्वाचन कार्यालय तथा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले तयारीलाई तीव्रता दिएका छन् । आयोगले मतपत्र छपाइ भएको स्थान भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि […]

मतपत्र छपाइ सम्पन्न

काठमाडौं, वैशाख २३ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाइको काम सम्पन्न गरेको छ। आयोगले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपत्र छपाइको काम सम्पन्न भइसकेको जानकारी दिँदै वैशाख २३ सम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने बताए। ‘मतपत्र छपाइको काम सकिएको छ,’ उनले […]

६५ जिल्लामा मतपत्र ढुवानी, शुक्रबारसम्म देशभर नै ढुवानी सकिने

काठमाडौं, २१ वैशाख । स्थानीय तहकाे निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र छपाइ भएकाे छ । लक्ष्यअनुसारकाे मतपत्र छपाइ सकिएर निर्वाचन आयोगलाई बुझाइएकाे छ ।आयोगको उपसचिव ऋषिराम भुषालकाअनुसार लक्ष्यअनुसारको मतपत्र छपाई कार्य सम्पन्‍न गरी केही पालिकाको पुनः छाप्नुपर्ने मतपत्रको छपाई कार्य भइरहेको छ । पुनः छपाई भइरहेको मतपत्र पनि अब केही दिनमा सम्पन्न हुने […]

काठमाडौँको मतपत्र छपाइ सकियो, अन्य महानगरको मतपत्र आजदेखी छापिने

काठमाडौँ । निर्वाचन आयोगले ६१ जिल्लामा मतपत्र ढुवानी सकेको छ। बाँकी १६ जिल्लामा केही दिनभित्र मतपत्र ढुवानी गरिसकिने आयोगले जनाएको छ। अब मधेस प्रदेश र बागमती प्रदेशका जिल्लाहरूमा मतपत्र ढुवानी गर्न बाँकी छ। सडक सुविधा नभएका क्षेत्रमा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ। अहिलेसम्म ६१ जिल्लाका लागि एक करोड २३ लाख मतपत्र ढुवानी गरिसकिएको आयोगका प्रवक्ता […]

९३ प्रतिशत मतपत्र छपाइ सकियो, ४३ जिल्लामा ढुवानी

वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि हालसम्म ४३ जिल्लाका लागि ७५ लाख ७३ हजार मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौंबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लाहरुमा मतपत्र पुगिसकेको र अन्य जिल्लामा पुग्नेक्रम जारी रहेको जनाएको छ । मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ । हालसम्म  ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको आयोगले जनाएको छ ।