कम्युनिष्ट पार्टीभित्र आफ्नै घरमा आगो लगाउने काम भयो : मुख्यमन्त्री पौडेल

हेटौंडा  :  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कम्युनिष्ट पार्टीभित्र आफ्नै घरमा आगो लगाउने काम भइरहेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको सस्ंथापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले कम्युनिष्ट पार्टीभित्रैका व्यक्तिहरुले आफ्नो घरलाई आगो लगाएर खरानी बनाई अर्काको घरमा आगो ताप्न खोजिरहेको बताए।‘आफ्नो घरलाई आगो लगाएर खरानी बनाउने अनि अर्काको घरमा आगो ताप्न जाने प्रवृति देखेर पुष्पलालक