विप्रेषणको दीर्घकालीन विकल्प

गत चैत महीनामा विप्रेषण आप्रवाहमा केही सुधार हुनेबित्तिकै अर्थतन्त्रका सूचकमा सुधारका समाचार सञ्चारमाध्यममा आए । न सोचे जसरी वैदेशिक लगानी आएको छ, न निकासी व्यापार नै हुन नसकेको अवस्थामा हामीकहाँ विदेशी मुद्रा भित्रिने मुख्य माध्यम भनेको विप्रेषण हो । गत आर्थिक वर्ष (आव) २०७७/७८ मा कुल गार्हस्थ्य उत्पादनको तुलनामा विप्रेषणको अनुपात २५ प्रतिशतभन्दा बढी थियो । त्यो वर्ष ९ खर्ब ६१ अर्ब रुपैयाँ यस्तो आय भित्रिएकोमा सरकारले उठाएको राजस्वको आकार ९ खर्ब ७८ अर्ब थियो । तथ्यांकको तात्पर्य, अर्थतन्त्रका आयामहरूमा विप्रेषणको भरथेग बढ्दै गएको छ । यस्तो आयको आकारमा थोरै पनि कमी आउनेबित्तिकै अर्थतन्त्रको अनुहारमा चिन्ताका रेखाहरू देखिन थाल्छन् । हामीले विप्रेषण आय अर्थतन्त्रको दीर्घकालीन स्वास्थ्यका लागि लाभदायी होइन भन्न थालेको दशकौं भइसक्यो । तर, विप्रेषणको आयमा कति अभ्यस्त हुँदै गएको छौं भन्ने त १ महीना यस्तो आयमा केही कमी आउनेबित्तिकै अर्थतन्त्र चौपट हुने भयो भन्दै प्रकट हुने चिन्ताले नै प्रमाणित गरिराखेको छ । बितेको २ वर्षयता विश्वव्यापी कोरोना महामाहारीले निम्त्याएको स्वास्थ्य संकट र यसले बिथोलेको उत्पादन तथा आपूर्ति शृंखलाले अर्थ व्यवस्थालाई सकसमा लैजाँदा विप्रेषणको आवश्यकता झनै बढेर गयो । एकातिर महामारीले उत्पादन खुम्चिँदा मूल्यमा परेको दबाब त थियो नै, त्यहीँमाथि इन्धन तथा कृषि उपजका मुख्य उत्पादक देश रूस र युक्रेनबीचको तनावले मूल्यलाई उचाल्ने काम गर्‍यो । भन्छामा चाहिने खाद्यान्नदेखि विलासिताका वस्तुसम्मको खपत आयातको भरमा टिकेको हाम्रो आपूर्ति व्यवस्थामा यसको असर नभित्रिने कुरै भएन । हाम्रा आवश्यकताको आपूर्तिमात्र होइन, त्यसको भुक्तानी व्यवस्थामा पनि हामी बाह्य मुलुककै भरमा छौं । नेपाली युवाहरूले बाह्य देशमा पसिना बगाएर पठाएको पैसाबाट बाह्य क्षेत्र सन्तुलन राख्ने गरिएको छ । बाहिरबाट आउने यस्तो रकम केही खस्कियो भने मात्रै पनि हामीकहाँ ठूलै हलचल हुन्छ । कोरोना महामारीले चौतर्फी रोजगारीका अवसर कटौती भइराख्दा वैदेशिक रोजगारीबाट आउने आयको भरमा चलेको हाम्रो अर्थतन्त्र चौपट हुने आकलन गरिएको थियो । अनुमान गरिएअनुसार विप्रेषणमा कमी आएन । यस विप्रेषण घट्दा अर्थ व्यवस्था खत्तम हुने भयो भन्ने चिन्तकहरूलाई राहत पक्कै दियो । अहिले विप्रेषणको आकार त्यति घटेको होइन, जसरी बाहिर यसलाई बढाइचढाइ गरिएको छ । वर्षको झन्डै १० खर्बको आँकडामा आउने विप्रेषणमा अर्बको आकारमा आउने कमी भनेको खास ठूलो होइन । अहिले बाह्य क्षेत्रमा देखिएको दबाबको मूल कारण विप्रेषण आप्रवाहको कमीभन्दा पनि कोरोना महामारी र रूस–युक्रेन तनावले बढाएको वस्तु तथा सेवाको मूल्य बढी हुनु हो । अमेरिकी डलरको भाउमा आएको वृद्धिले विदेशी मुद्राको सञ्चितिमा थप समस्या देखियो । आपूर्ति व्यवस्थालाई निरन्तर परनिर्भर बनाइनु समस्याको मूल कडी हो । नेपाली युवाले वैदेशिक रोजगारीबाट कमाएको विप्रेषणको ९० प्रतिशतभन्दा बढी रकम त उपभोगमै बाहिरिने तथ्यांक सरकारसितै छ । यो रकमको बचत कसरी हुन्छ ? यसलाई उत्पादनमूलक क्षेत्रमा कसरी लगाउन सकिन्छ ? यसको सोझो समाधान हो : जुन वस्तुको आयातमा बढी रकम बाहिरिन्छ त्यस्ता वस्तुको आन्तरिक उत्पादन वा कुनै उपायबाट प्रतिस्थापनमा जानु । आयातको भुक्तानी विप्रेषणले धानेको छ भन्न जति सहज छ, हाम्रो श्रम शक्तिले बाहिरी देशबाट त्यति सहजै त्यो रकम पठाएको छैन । सरकारकै तथ्यांकलाई आधार मान्ने हो भने करीब ७५ प्रतिशत जनशक्ति अदक्ष कामदारको रूपमा बाहिरिएको छ । दक्षता प्राप्त जनशक्ति १/२ प्रतिशतमात्रै छ । बाँकी अर्धदक्ष छन् । बाह्य क्षेत्र दबाबमा परेको बेलामै भए पनि विप्रेषण कसरी बढाउने भन्ने चिन्ता मुखरित भएर आउँदा यस्तो आयका लागि बाहिरिएको जनशक्तिको दक्षतालाई कसरी बढाउन सकिएला भन्नेमा चासो देखिँदैन । अदक्ष कामदारका रूपमा गएको जनशक्ति कम आयमा बढी जोखिमको क्षेत्रमा श्रम गर्न बाध्य छ । यो कुराको भेउ पाउन श्रम गन्तव्य देशहरूबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण हुने उडानमा दैनिकजसो आउने नेपालीको लासको संख्यामात्र पर्याप्त हुन सक्छ । हामीले विप्रेषणको आयको भरथेग अर्थतन्त्रको दीर्घकालीन स्वास्थ्यका लागि लाभदायी होइन भन्न थालेको दशकौं भइसक्यो । तर, विप्रेषणको आयमा कति अभ्यस्त हुँदै गएको छौं भन्ने त १ महीना यस्तो आयमा केही कमी आउनेबित्तिकै अर्थतन्त्र चौपट हुने भयो भन्दै प्रकट हुने चिन्ताले नै प्रमाणित गरिराखेको छ । विप्रेषणको आम्दानी नराम्रो विषय होइन । बरु, विप्रेषणको आयलाई स्वदेशी सम्भाव्यताको उपयोगमा जोड्ने सवालमा लगातार उदासीन बन्नु चाहिँ लज्जा हो । यस्तो आयलाई कसरी बढाउन सकिन्छ र उत्पादनमूलक क्षेत्रमा कसरी लगाउन सकिन्छ भन्ने रणनीतिक योजनाको अभाव अर्थतन्त्रको अवरोध हो । विप्रेषणको आयभन्दा पनि हरेक वस्तु र सेवाको उपभोगमा आयातकै भर अर्थतन्त्रका निम्ति बढी चिन्ताको विषय हुनुपर्ने हो । हामीलाई दैनिक खपतमा चाहिने चामल, दाल, तेल, तरकारी, फलफूल, मसालादेखि सौन्दर्य प्रसाधन र सवारीका साधनसम्मको उपयोग बाहिरी देशकै भरमा छौं । आम्दानी (विप्रेषण) देखि उपभोगका वस्तुको प्राप्तिसम्म बाहिरी भरमा बसेपछि बचत कसरी हुन्छ ? विप्रेषणमा केही तलमाथि हुनेबित्तिकै अत्तालिनुपर्ने अवस्थाको उत्पादक नै हाम्रो यही प्रवृत्ति हो । सरकार आन्तरिक उत्पादन बढाउने योजनामा होइन, अप्ठ्यारो पर्नेबित्तिकै नियन्त्रणको उपायमा उत्रिन्छ । सरकारले यो आर्थिक वर्षको शुरुआतदेखि नै आयात नियन्त्रणको नीति लियो । शुरूमा ४७ ओटा वस्तुबाट शुरू गरेको आयात नियन्त्रणको सूची ३ सयभन्दा बढी पुर्‍यायो । यसले तात्त्विक परिणाम दिएको देखिएन । जबसम्म अर्थतन्त्र आन्तरिक रूपमा बलियो हुँदैन, बाह्य क्षेत्रलाई नियन्त्रण गरेर स्थायी समाधान सम्भव हुँदैन । आज विश्वका कुनै पनि देश आफैमा पूर्ण आत्मनिर्भर छैनन्, यो सम्भव पनि छैन । हामी भने सक्नेजति काम पनि नगरेर दिनदिनै परनिर्भर बन्दै छौं । यो परनिर्भरताको आयाम दिनदिनै फराकिलो बन्दै छ । हाम्रो वस्तु आयातको कुल मूल्य आकार हेर्दा एक तिहाइ त खाद्यान्न र इन्धनकै देखिन्छ । यस्ता वस्तुको आयात प्रतिस्थापन गर्न नसकिने कारण छैन । यतिमात्रै गर्न सकियो भने पनि अहिलेको मूल्यको आधारमा ५ खर्ब रुपैयाँ जति व्यापारघाटा कम गर्न सकिन्छ । आधारभूत खाद्यान्नमा मात्रै आत्मनिर्भर हुने हो भने २ खर्ब रुपैयाँ जति व्यापारघाटा कम हुन्छ । सरकारले २ वर्षमा आधारभूत खाद्यान्नमा आत्मनिर्भर हुने र ५ वर्षमा निर्यातको अवस्थामा पुग्ने भनेकै ५ वर्ष बितिसक्यो । यसबीचमा हामी बाहिरी देशबाट खाद्यान्न नआउने हो भने खाद्य सुरक्षामा गम्भीर संकट भोग्ने अवस्थामा पुगिसकेका छौं । विद्युत् बेच्ने सपना देख्दै अँध्यारोको पीडा उठाइराखेका छौं । अहिले विद्युत् बेच्ने होइन, पर्याप्त उत्पादन र खपत बढाएर आयातित इन्धनलाई विस्थापित गर्न सक्यौं भने अर्थतन्त्रले छलाङ मार्न सक्छ । उत्पादनका सरोकारलाई मूल्यअभिवृद्धिसँग आबद्ध गरिनुपर्छ । यसो भएमात्र उत्पादनले अर्थतन्त्रलाई साँचो अर्थमा बलियो बनाउँछ । सियोदेखि हवाईजहाजसम्म सबै बनाउँछौं भनेर हुँदैन । स्थानीय सम्भाव्यता र स्रोतमा आधारित उत्पादनलाई प्रोत्साहनको नीति लिनुपर्ने हो । हामीकहाँ त अध्ययन र अनुसन्धानविनै देखासिकीको भरमा उद्योगमा हाम फाल्ने र अप्ठ्यारोमा परेपछि संरक्षणको आलाप शुरू गर्ने विचित्रको प्रवृत्ति देखिएको छ । यसले उत्पादनको आवरणमा व्यापार संस्कृतिको विस्तार भइराखेको छ । उत्पादनमा संरक्षण होइन, दक्षता र प्रतिस्पर्धालाई आधार बनाउनुपर्छ । यसका लागि अहिले उत्पादनको औसत अभ्यासका रहेका उत्पादनलाई छोड्नुपर्छ भने पनि त्यसका लागि तयार हुनुपर्छ । विप्रेषणको स्रोतलाई कसरी अझ विस्तारित र बलियो बनाउन सकिन्छ भन्नु अल्पकालीन नीति हो भने आन्तरिक सम्भाव्यता र तुलनात्मक बढी मूल्यअभिवृद्धिका उत्पादनलाई प्राथमिकता  दिएर बचत बढाउनु दीर्घकालीन लक्ष्य हुनुपर्छ । आन्तरिक उत्पादनसँगै रोजगारीका अवसरको अभिवृद्धि हुँदा आयात र रोजगारीका लागि बाहिरिनुपर्ने अवस्था पनि क्रमश: प्रतिस्थापन हुँदै जानेछ ।

सम्बन्धित सामग्री

‘अर्थतन्त्र सुधारका लागि निर्यातजन्य उद्योगलाई प्रोत्साहन’

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईले अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि निर्यातजन्य उद्योगमा केन्द्रित हुनुपर्ने बताएक छन् । बिहीबारदेखि सुनसरीको धरानमा शुरु भएको ‘धरान एक्स्पो २०७९’ लाई सम्बोधन गर्दै संघईले रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन तथा व्यापार घाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प नभएको बताएक हुन् । सरकारले यसका लागि नीतिगत सहजता बनाएर लगानीको […]

'पाकिस्तान र भारत दुबैका लागि युद्ध राम्रो विकल्प होइन'

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले आफ्नो देशले भारतसँग दीर्घकालीन शान्ति चाहेको र दुई छिमेकी मुलुकका लागि युद्ध राम्रो विकल्प नभएको बताएका छन् ।

सेटर अभावमा जम्दो प्रगतिको प्रभाव

भुपेन्द्र जिसी, काठमाडौं अभावको समयमा सानो योगदानले पनि धेरै प्रभाव छाड्छ । अभावले नै नयाँ विकल्प खोज्न बाध्य पार्छ । र कहिलेकाहिँ अभावले निम्त्याएको विकल्प नै दीर्घकालीन समाधान बन्छ । नेपालको महिला भलिबलमा पनि पछिल्लो समय यस्तै उदाहरण अघि आएको छ । महिला भलिबलमा एकपछि अर्को युवा प्रतिभा उत्पादन गरिरहेको न्यु डायमन्डकी सेटर प्रगति नाथको […]

रोकिएका नेपाली कामदार लैजान वैकल्पिक उपाय खोज्दै इजरायल

दीर्घकालीन स्याहार केन्द्रमा पठाउन बाँकी रहेका नेपाली कामदार लैजान इजरायलले विकल्प खोज्न थालेको छ । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारको रुपमा छनोट भएका ८७८ जना हालसम्म पनि जान पाएका छैनन् । छनोटमा परेका एक हजार १७५ जना मध्ये यसअघि नै २९७ जना नेपाली कामदार इजरायल गइसकेका छन् । तर, बाँकी कामदार अझै जान नपाएका हुन् । इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारीले सेवा सुविधा बढाउनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलन गर्द

फोहोर विर्सजनमा १० अर्ब खर्च भएको पत्याइन्न : नेता तामाङ

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले बञ्चरे डाँडा ल्याण्डफिल्डमा फोहोर विसर्जन गर्न अहिलेसम्म १० अर्ब रुपैयाँ लागेको भन्ने कुराको विश्वास गर्न नसकिने बताएका छन्।उनले पैसा खर्च भएअनुसार काम नभएको बताउँदै विकसित मुलुकमा भएको प्रविधि ल्याएर वैज्ञानिक ढंगबाट फोहोर व्यवस्थापन गर्नुपर्ने बताए।उनले गन्धरहित बनाउने कुरा हरेकपल्ट भनिरहनुपर्ने कुरा नभएकोले सरकारले फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय सोच्न ढिला भइसकेको बताए।नेता तामाङले सरकारले फोहोर विसर्जनस्थलको रुपमा अर्को विकल्प

तत्कालीन कार्यनीतिको पछाडि दीर्घकालीन रणनीति हुन्छ - प्रचण्ड

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले लिने तत्कालीन कार्यनीतिको पछाडि दीर्घकालीन रणनीति हुने बताउनु भएको छ ।बिहान ललितपुरको खुमलटारमा रहेको आफ्नै निवासमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा जुम्ला जिल्ला इञ्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’ लगायतलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले तत्कालीन कार्यनीति पछाडि दीर्घकालीन रणनीति हुन्छ भन्ने कुरा बुझ्नु पर्ने बताउनु भएको हो ।उहाँले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्री एकठाउँमा हुनुको कुनै विकल्प नरहेको पनि...

सेयर धितो कर्जा कि मार्जिन लोन ?

अल्पकालीन लगानीकर्तालाई ‘मार्जिन कर्जा’ सहितको मार्जिन कारोबार र दीर्घकालीन लगानीका लागि ‘सेयर धितो कर्जा’ उपयुक्त विकल्प हुन सक्छ । निरन्तर उक्लँदै ३२०० पुगेको धितोपत्र बजार परिसूचक बिस्तारै २८०० तिर ओर्लिनुमा मार्जिन लोन (मार्जिन कर्जा) को मुख्य कारक रहेको तर्क गरिँदैछ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८-०७९ को मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको ‘सेयर धितो कर्जा’मा सीमा […]

मधुमेहमा पनि गुलियो खान सकिन्छ, यी हुन् विकल्प

अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार विश्वमा ४२ करोड ५०  लाख जना मधुमेहको समस्याबाट पीडित छन् । मधुमेह एक नसर्ने रोग हो । तर पनि यो रोग विभिन्न रोग निम्त्याउने कारक भने बन्न सक्छ । कोरोना भाइरसको महामारीको क्रममा मधुमेह, उच्च रक्तचाप लगायतका बिरामी कोरोनाको उच्च जोखिममा रहेको बताइयो । जसका कारण पनि मधुमेहको दीर्घकालीन असरको बारेमा […]

जनस्वास्थ्यमा परेको असरलाई बेवास्ता हुन्छ भने नागरिक सडकमा आउँछन् : गगन थापा

काठमाडौं : निषेधाज्ञाका बेला सरकारले जनस्वास्थ्यमा पर्ने दीर्घकालीन असरलाई बेवास्ता गर्छ भने नागरिक सडकमा आउने नेपाली कांग्रेसका नेता गगन थापाले बताएका छन्।शुक्रबार बालुवाटारअघि विरोध प्रदर्शन गर्न पुगेका बृहत् नागरिक आन्दोलनका अगुवालाई प्रहरीले भाटभटेनीबाटै नियन्त्रणमा लिएपछि थापाले यस्तो बताएका हुन्।थापाले ट्विट गर्दै निषेधाज्ञा उल्लंघन गरेर सडकमा आउनु गलत रहे पनि जब सरकारले नै आफ्नो क्षुद्र स्वार्थका लागि, जनस्वास्थ्यमा पर्ने दीर्घकालीन असरलाई पूर्ण बेवास्ता गर्छ भने सचेत नागरि