दुई दशकदेखि चुनावी एजेन्डा : खण्डहर म्याग्नेसाइट उद्योग !

अघिल्ला दुई दशकसम्म निर्वाचनमा जिल्लामा सक्रिय दलहरूमध्ये कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका उम्मेदवारले म्याग्नेसाइट उद्योगलाई मुख्य एजेन्डा बनाए । २१ वर्षदेखि बन्द मुलुककै ठूलोमध्येको बलेफी गाउँपालिका ८ लामोसाँघु बजारस्थित नेपाल ओरियन्ट म्याग्नेसाइट उद्योग भने अझै सञ्चालनमा आउन सकेको छैन ।