काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा ६ हजार ६४३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा १ हजार ४५२ जना र ब्राजिलमा ९२८ जना छन्। यस्तै अर्जेन्टिनामा ६८६, कोलम्बियामा ५८८, इन्डोनेसियामा २३७, पेरुमा २१३, अमेरिकामा १९७, रुसमा ३७१, इरानमा ११९, दक्षिण अफ्रिकामा ११४, पाराग्वेमा १२० जनाको मृत्यु भएको छ।