काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले औपचारिक रुपमा सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । साथै उनले आफ्नो पक्षको प्यानलै बनाएर उम्मदेवारी दर्ता गर्नेसमेत घोषणा गरेका छन् । निधिले आफ्नो प्यानलमा रहने नेताहरूको नाम भने सार्वजनिक गरेका छैनन् ।विहीबार नयाँ बानेश्वरस्थित आफ्नो सम्पर्क कार्यालयमा घोषणापत्रसहित सञ्चारकर्मीसँग प्रस्तुत भएका निधिले मंसिर २१ गते सभापतिमा उम्मेदवारी दर्ता गराउने बताए । उनले भने, ‘म सभापतिको उम्मेदवार छु, रहन्छु । आज चुनावी घोषणापत्र पनि जारी गरेको छ