सिलाइ पेसाप्रति बढ्दो आकर्षण

कपडा सिलाउने र खलो लिने पेसाले गर्दा दलित समुदायभित्रको दमाई थर पाएका दैलेखस्थित सेते दमाईले अमानवीय व्यवहार मात्र खेप्नु परेन, अकालमै मृत्युवरणसमेत गर्नुपर्‍यो। कारण, ‘कथित अछुत (छोइछिटो) को दर्जा।’

सम्बन्धित सामग्री

आठपहरिया जातिको संस्कृति जगेर्ना गर्न संग्रहालय र होमस्टे निर्माणको तयारी

धनकुटा । धनकुटा नगरपालिकामा मात्र बसोबास गर्ने सीमान्तकृत अल्पसंख्यक समुदाय आठपहरिया जातिको संस्कृति जगेर्ना गर्न संग्रहालय बनाउन थालिएको छ । आठपहरिया जातिको विशेष पूजा गरिने बिहीबारे हाटस्थलमा संग्रहालय बनाउन लागिएको आठपहरिया समाजका केन्द्रीय महासचिव सूर्य आठपहरियाले बताए । धनकुटालाई चिनाउने फरक मौलिक जातीय संस्कृति रहेको आठपहरिया जातिको भाषा, धर्म, संस्कृति, भेषभूषाको संरक्षणका लागि संग्रहालयको महत्व रहने उनको भनाइ छ । संग्रहालयका लागि ५० लाख बजेट विनियोजन गरिएको छ । आदिवासी जनजातिमा सूचीकृत हुनुपर्ने अडान राख्दै आएका आठपहरिया जातिको धनकुटा नगर क्षेत्रमा करिब ६ हजार जनसंख्या छ । नेपालको पूर्वी भेग अरुण र तमोर नदी बीचमा पर्ने धनकुटालाई आफ्नो उद्गम थलो मान्दै आएको ‘आठपहरिया’ सीमान्तकृत आदिवासी जनजाति हो । आठपहरिया धनकुटा नगरपालिकाको भूमि पूत्र भन्न रुचाउँछन । सिमान्कृत अवस्थामा रहेको यस जातिको बसोबास मख्यतः धनकुुटा नगरपालिकामा मात्रै पाइन्छ । ०५८ को जनगणनामा यिनीहरूको जातिलाई आठपहरिया राई उल्लेख गरिएको थियो भने ०६८ को जनगणनामा जातिको नाम आठपहरिया मात्रै उल्लेख छ । यो जातिमा पुरुष र महिलाले लगाउने भेषभूषाले पनि मौलिक विशेषता बोकेको हुन्छ । खासगरी महिलाले लगाउने पहिरन र गहना विशेष प्रकारका हुन्छन् । तर, बढ्दो आधुनिकीकरणले यी मौलिक वेशभूषा लुप्त भइसकेका छन् । वेशभूषा संकटमा परेको गुनासो आएपछि धनकुटा नगरपालिकाले आठपहरिया वेशभूषा सिलाइ प्रशिक्षण सुरु गरेको धनकुटा नगरपालिकाका नगरप्रमुख चिन्तन तामाङले बताए । यो जातिका मानिसले आफ्नै प्रकारका चाडपर्व मनाउँछन् र आफ्नै देवीदेवताको आरधना गर्छन । होमस्टे पनि सञ्चालन गरिने धनकुटामा आठपहरिया जातिको मुख्य बसोबास रहेका स्थानमा होमस्टे (घरबास) समेत सञ्चालन गरिने तयारी गरिएको छ । धनकुटा नगरपालिका क्षेत्रमा मात्र बसोबास गर्ने सीमान्तकृत किराँत आठपहरिया समुदायले पहिलोपटक होमस्टे सञ्चालन गर्न लागेका हुन् । होमस्टे सञ्चालन गर्नको तालिम लिएका सो समुदायले धनकुटा नगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । होमस्टे सञ्चालन गर्न नगरका १० वडाका ३० जना तालिम प्राप्त जनशक्ति रहेको स्थानीय दिनेश आठपहरियाले बताए । जातीय, धार्मिक एवं संस्कृति प्रदर्शन गरी पर्यटकीय स्थलको रूपमा विकास गर्ने साथै मौलिक र अर्गानिक परिकार ग्राहकको रोजाइअनुसारको खानपान व्यवस्थापन गरिनेछ । व्यावसायिक रूपमा रहेका होटलभन्दा भिन्न हुने होमस्टेसँगै आठपहरिया जातिको पूजा गर्ने एक घरमा ५२ चुला र पाँच सय वर्ष पुरानो मार्गा मन्दिर पर्यटन आकर्षण केन्द्र बनाइने आठपहरीया समाज केन्द्रीय समिति अध्यक्ष सरमाया आठपहरियाले बताइन् । आठपहरिया जातिको मौलिक परम्परामा आधारित रहेको एउटै घरको ५२ चुलालाई विश्वभर चिनाउन गिनिज बुकमा नाम लेखाउन पहल सुरु भएको अध्यक्ष उनको भनाइ छ ।

नेपाली महिलाको पहिलो रोजाइमा सौन्दर्य र सिलाइ तलिम

नेपाली महिलाहरुको बढी आकर्षण सौन्दर्य र सिलाइ बुनाइसम्बन्धी तालिमप्रति हुने गरेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना–दोस्रो (इभेन्ट)ले युवाका लागि भौचरमा आधारित छोटो अवधिको तालिम प्रदान गर्दै आएको छ । यस तालिमअन्तर्गत विभिन्न ४० किसिमका सीप सिकाइन्छ । आवेदन दिँदा सबैभन्दा बढी सौन्दर्य र सिलाइ बुनाइका लागि पर्ने गरेको छ । इभेन्टका अनुसार गत वर्ष सिलाइ बुनाइमा आठ हजार ४२८ र ब्युटिसियनमा पाँच हजार ५४ जनाले तालिम लिएका थिए ।

अल्लो व्यवसायमा आकर्षण बढ्यो, मासिक ५० हजार भन्दा बढी आम्दानी

संखुवासभा : प्रख्यात कोसेलीका रुपमा परिचित अल्लोको कपडाको माग बिदेशमा समेत बढेको छ। अलैची र कृषि पेसा घाटा लागेपछि अल्लो ब्यवसायले आकर्षित बनाएको छ। सभापोखरी गाउँपालिका  विश्व लिम्बूले अल्लोको कपडा सिलाइ लिएपछि  उनले अहिले दैनिक रुपमा  अल्लोका झोला ,लेडिज ब्याग, पर्स जस्ता विभिन्न सामग्रीहरू&n...