भारतमा अत्यधिक गर्मीले ११ जनाको मृत्यु, दर्जनौँ अस्पताल भर्ना

भारतको महाराष्ट्रमा भएको अत्यधिक गर्मीले ११ जनाको मृत्यु भएको छ।महाराष्ट्र सरकारले आयोजना गरेको ‘महाराष्ट्र भूषण’ अवार्ड समारोह कार्यक्रममा सहभागी भएकामध्ये ११ जनाको अत्यधिक गर्मीका कारण लु लागेर मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।गर्मीका कारण बिरामी भएका दर्जनौँको स्थानीय अस्पतालहरुमा उपचार भैरहेको छ। रायगढ जिल्ला प्रशासनका अनुसार ज्यान गुमाएका ११ जनामध्ये ८ जना महिला रहेका छन्।चर्को घाममा बिहान साढे ११ बजेदेखि दिउँसो डेढ बजेसम्म भएको कार्यक्रमका बेला तापक्रम

सम्बन्धित सामग्री

महाराष्ट्रमा गुडिरहेको बसमा आगलागी, ११ जनाको मृत्यु

भारतको महाराष्ट्रमा गुडिरहेको बसमा बसमा भीषण आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार नासिक–औरंगाबाद मार्गको नान्दुर्नाका भन्ने स्थानमा गएराति बसमा आगलागी भएको हो। नासिक प्रहरीले पनि यो घटनाको पुष्टि गरेको छ। नासिक प्रहरीका अनुसार घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ। तर उनीहरूको संख्या खुलाइएको छैन। धेरै मानिस जलेका कारण मृत्यु हुनेको संख्या बढ्ले अनुमान गरिएको छ। बस यवतमालबाट मुम्बई जाँदै थियो। घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

कोरोनाका कारण पोखरामा  थप ११ जनाको मृत्यु

कोरोना संक्रमणका कारण पोखरामा थप ११ जनाको निधन भएको छ ।  संक्रमण पछि उपचारका लागि अस्पताल भर्ना भएका उनीहरुको पोखराका विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय...