महासंघमा उम्मेदवार बन्न करचुक्ता प्रमाणपत्र अनिवार्य

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा भाग लिन अब प्रत्येक सदस्यले अनिवार्य रुपमा करचुक्ता प्रमाणपत्र पेश गर्नुपर्ने प्रस्ताव गरिएको छ । महासंघले करचुक्ता प्रमाणपत्र पेश नगर्ने सदस्यको सदस्यता नै स्वीकृत नगर्ने वैधानिक व्यवस्था गर्ने भएको छ ।महासंघ विधान संशोधन समितिका सहसभापति पशुपति मुरारकाका अनुसार निर्वाचनमा जान सदस्यता नवीकरणका लागि करचुक्ता प्रमाणपत्र अनिवार्य गर्न लागिएको हो । […]