जुम्लाबाट टिकट नपाएपछि थापाले पार्टी छोडे : बुढा

नेकपा (एकीकृत समाजवादी)का जुम्ला जिल्ला सह इन्चार्ज तीर्थ बुढाले तत्कालीन जिल्ला इन्चार्ज देविलाल थापाले उम्मेदवारको टिकट नपाएपछि पार्टी छाडेको बताएका छन् । पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने -'आसन्न चुनावका लागि तत्कालीन इन्चार्ज देविलाल थापाले उम्मेदवारको टिकटको पहल गरेका थिए ।  टिकट पाएनन्, त्यही निहुँमा  थापासहितको केही व्यक्तिले फरक बाटो रोजे ।' वैचारिक विचलन भएर हिजो केपी शर्मा ओपीलाई प्रतिगमनकारी भन्नेहरु एमाले पार्टीमा प्रवेश गरेको बुढाले आरोप लगाए ।