मिस यूएसए चेल्सीले गरिन् ६० औं तलाबाट हामफालेर आत्महत्या

मिस यूएसए २०१९ तथा अमेरिकी मोडल चेल्सी क्रिस्टले आत्महत्या गरेकी छन् । डेली मेलका अनुसार अमेरिकाको स्थानीय समयअनुसार सोमवार बिहान सवा सात बजे उनले आफू बस्ने बिल्डिङको ६० औँ तलाबाट हामफालेर आत्महत्या गरेकी हुन् । उक्त बिल्डिङको नवौँ तल्लामा बस्दै आएकी चेल्सीको कोठाबाट फेला पारेको नेटमा उनले आफूले सबै कुरा आफ्नी आमाको लागि छोडेको लेखेपनि आत्महत्याबारे केही लेखेकी छैनन् । ३० वर्षीया चेल्सीले आत्महत्या गर्नुको कारण भने प्रहरी छानबिनमा रहेको समाचारमा जनाइएको छ ।  उनले आत्महत्या गर्नु केही अघि आफ्नो सामाजिक सञ्जा...