काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व कसरी चयन गर्ने भन्ने अन्योलले महाधिवेशन लम्बिएको छ ।
आज दिउँसो मतदान गर्ने गरी शनिवार निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गरेपनि सहमतिको प्रयास गर्ने भन्दै कार्यक्रम शुरू भएको छैन ।
आइतवार दिउँसो १ बजेसम्म सहमतिको प्रयास गर्ने भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन कार्यक्रम रोक्न निर्देशन दिएका थिए ।
आइतवार बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकले सहमतिमा नेतृत्व चयन गर्ने या निर्वाचनमा जाने भन्नेबारे निर्णय लिने स्थायी कमिटी...