प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको माग उठेको छ । व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग केन्द्रीय सदस्य प्रकाश स्नेहीले माग गरेका हुन् ।