नेपाली कांग्रेस महामन्त्री गगन थापाले शीतयुद्धपछिको विश्व व्यवस्थामा चुनौती उत्पन्न भएको र त्यसको केन्द्र नेपालका छिमेकी देशहरु, दक्षिण एशिया र एशिया प्रशान्त क्षेत्र रहेको बताएका छन् । केन्द्रीय समितिको बैठकमा शनिबार अन्तर्राष्ट्रिय सम्बन्धमा लिखित धारणा राख्दै महामन्त्री थापाले विश्व व्यवस्थामा आएको परिवर्तनको विषयमा कांग्रेसले स्पष्ट धारणा बनाउनु पर्ने बताएका छन् ।