काठमाडौं : कतारमा भइरहेको विश्वकपले यति वेला विश्व नै फुटबलमय बनेको छ। सन् १९३० देखि हरेक ४ वर्षमा आयोजना हुँदै आएको विश्वकप फुटबल खेलकुद क्षेत्रको सबैभन्दा ठूलो प्रतियोगिता मानिन्छ।यसअघिका विश्वकप विजेता र नयाँ विजेता बन्ने सम्भावना बोकेका देशको ध्यान उपाधितिरै रहन्छ भने विश्वकपमा भाग लिनु नै ठूलो कुरा मानिने भएकाले केही देश प्रतियोगितामार्फत विश्वमाझ आफ्नो छाप छोड्न चाहन्छन्। विश्वकपमा विश्वभरिका फुटबल क्लबहरूको नजर हुने भएकाले प्रत्येक खेलाडीका लागि यो विश्वमाझ आफ्ना खेल कौशल&n