बझाङको साईपाल गाँउपालिकाकी एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । साईपाल गाँउपालिका वडा नम्बर १ का संगविर धामीकी श्रीमती माता देवी धामीको थप उपचारका लागि हेलिकप्टर चार्टर गरेर कोहलपुर मेडीकल कलेज नेपालगञ्ज पठाइएको हो ।
धलौन सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुख रविन्द्र बोहराका अनुसार माता देवी धामीले असार ३० गते समय नपुग्दै मृत शिशुलाई जन्म दिएकी थिईन् ।
बोहराले भने, “माता गर्भवति छिन् भन्ने बारेमा हामीलाई कुनै जानकारी भएन । पाँच महिनाको गर्भ रहेछ । समय नपुगै मंगलबार मृत शिशु जन्मिएको रहेछ । हामीलाई त बुधबार मात्र सालनाल आएन, रक्तश्राव भैरहेको छ भन्ने खबर आयो । हतारमा अनमीलाई महिलाको घरमा पठायौँ । तर अवस्था जटिल भएको रहेछ ।