२८ नवीनतम सोचलाई १ करोड ४० लाख लगानी

काठमाडौं। काठमाडौं विश्वविद्यालय (केयु)ले नवीनतम सोच भएका परियोजनाका लागि १ करोड ४० रुपैयाँ लगानी गर्ने भएको छ । केयुले स्थापना गरेको इन्कुबेसन सेन्टर र नर्वे सरकारको सहयोग रहेको ‘इनर्जाइज नेपाल’ले नवीनतम सोचसहितको विभिन्न व्यवसायको प्रवर्द्धनका लागि लगानी गर्ने भएका हुन् । नवीनतम सोचदेखि व्यापारसम्म सहायता कार्यक्रम अन्तर्गत इनर्जाइज नेपालले विनियोजन गरेको ४० लाख रुपैयाँ ऊर्जासँग सम्बन्धित नवीनतम सोच (इन्नोभेटिभ आइडिया)लाई मात्र व्यापारमा परिणत गर्न उपलब्ध गराइनेछ । यस अन्तर्गतका परियोजनामा वित्तीय स्रोतका लागि सबै नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । यसैगरी विश्वविद्यालय अनुदान आयोगको १ करोड रुपैयाँ ऊर्जा लगायत क्षेत्रमा भएका सोचलाई व्यवसायमा परिणत गर्न उपलब्ध गराइनेछ । यसअन्तर्गत वित्तीय स्रोतका लागि भने केयुसँग आबद्ध विद्यार्थी, कर्मचारी, विभागीय कर्मचारी लगायतले मात्र आवेदन दिन पाउनेछन् । केयुका अनुसार प्रत्येक नवीनतम सोचलाई ५ लाख रुपैयाँ उपलब्ध गराइनेछ । उक्त कार्यक्रममार्फत २८ ओटा नवीनतम सोचलाई वित्तीय सहायता उपलब्ध गराइनेछ । केयुले स्थापना गरेको इन्कुबेसन सेन्टर र नर्वे सरकारको सहयोग रहेको ‘इनर्जाइज नेपाल’ले नवीनतम सोचसहितको विभिन्न व्यवसायको प्रवर्द्धनका लागि लगानी गर्ने भएका हुन् । सम्बन्धित परियोजनामा वित्तीय स्रोत उपलब्ध गराउन मंगलवारदेखि आवेदन खुला गरिएको छ । आवेदन दिने समयसीमा डिसेम्बर ३१ सम्म रहेको छ । लगानीयोग्य परियोजनालाई आवेदन दिएको दुई हप्ताभित्रै वित्तीय स्रोत सुनिश्चित गरिने इनर्जाइज नेपालका आयोजना प्रबन्धक डा. विजय थापाले जानकारी दिए । ‘नवीनतम सोचमा आधारित व्यापार, व्यवसायको प्रवर्द्धन र रोजगारी सृजना गरी मुलुकको अर्थतन्त्रमा योगदान दिने उद्देश्यले उक्त कार्यक्रम शुरू गरेका हौं,’ उनले भने, ‘लगानीयोग्य प्रस्तावको मूल्यांकन दुई हप्ताभित्र हुनेछ । प्रस्तावित परियोजना लगानीयोग्य ठहरिएमा तुरुन्तै आर्थिक सहायता उपलब्ध गराइनेछ ।’ प्रस्तावित परियोजना लगानीयोग्य नभए पनि उनीहरूलाई प्राविधिक सहयोग भने उपलब्ध गराइने थापाले जानकारी दिए । केयुले प्रस्ताव आएपछिको मूल्यांकन गरी निर्णयका लागि तीनसदस्यीय समिति समेत गठन गरेको छ । यसअघि केयुअन्तर्गत इकुबेसन सेन्टरले १०, इनर्जाइज नेपालले ८ र नेपाल टेक्नोलोजी इन्नोभेसन सेन्टरले १० ओटा विभिन्न नवीनतम सोचमा लगानी गरिसकेका छन् । विशेषगरी ऊर्जा, कृषि, स्वास्थ्य र प्रविधि क्षेत्रमा उनीहरूले लगानी गरेका छन् । इनर्जाइज नेपालका अनुसार यस आयोजनामार्फत २०० भन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाइसकेका छन् ।  लगानी गरेको रकमबाट आएको मुनाफा पुन: नवीनतम सोचमा आधारित परियोजनामा लगानी गर्नेगरी कार्यक्रम अघि बढाइएको प्रबन्धक थापाले जानकारी दिए । विद्यार्थी लगायतलाई उद्योग व्यवसायमा आकर्षित गरी रोजगारी सृजना र अर्थतन्त्रमा योगदान दिने उद्देश्यले केयुले सन् २०१५ इन्कुबेसन सेन्टर स्थापना गरेको थियो । इनर्जाइज नेपाल भने नर्वे सरकारको सहयोगमा नर्वेजियन राजदूतावासमार्फत अध्ययन, अनुसन्धान र नवीतम सोचको परियोजनाका लागि सञ्चालित कार्यक्रम हो । इनर्जाइज नेपालका केयु, हाइड्रो ल्याब, एनटिएनयु र सिन्टेफ साझेदार छन् । यसको व्यवस्थापन केयुले गर्दै आएको छ । यसअन्तर्गत क्षमता अभिवृद्धि र व्यापार व्यवसायमा अभिप्रेरित गर्न आर्थिक तथा प्राविधिक सहयोग गर्ने लक्ष्य राखिएको छ । यसका लागि नर्वे सरकारले ६५ करोड रुपैयाँ बराबरको सहायता उपलब्ध गराउने प्रतिबद्धता गरेको छ । 

सम्बन्धित सामग्री

समानुपातिकतर्फ १ करोड ३ लाख मत गन्दा कुन दलको कति?

काठमाडौँ – समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ३ लाख मतगणना भएको छ। निर्वाचन आयोगका अनुसार बिहीबार अपराह्न ४ बजेसम्म १ करोड ३ लाख ९ हजार ८३७ मत गन्दा नेकपा एमालेको अग्रता कायमै छ। नेपाली कांग्रेस दोस्रो स्थानमा छ। एमालेले २७ लाख ४७ हजार ३३४ मत पाएको छ भने नेपाली कांग्रेसको २६ लाख १५ हजार ५९० […]

१ करोड ८० लाख मतदाता, सबभन्दा धेरै मोरङमा

३१ भदौ, काठमाडौं । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा झण्डै १ करोड ८० लाख मतदाताले मताधिकार पाउने भएका छन् । निर्वाचन आयोगले १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको अन्तिम नामावली स्वीकृत गरेको हो । जसमा ३ मंसिरसम्म १८ वर्ष उमेर पुरा हुने ८८ लाख ४७ हजार ५७९ महिला, ९१ लाख ४० हजार ८०६ […]

मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूको संख्या १ करोड ८३ लाख नाघ्यो

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ सेवाग्राहीहरुको संख्या १ करोड ८३ लाख नाघेको जनाएको छ । आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म १ करोड ७९ लाख हाराहारी रहेको मोबाइल बैंकिङ सेवाग्राहीहरुको संख्या असार मसान्तसम्ममा ४ लाखले बढेर कुल १ करोड ८३ लाख ७ हजार २५५ पुगेको बैंकले जनाएको हो । कारोबारको हिसाबले असार मसान्तसम्ममा मोबाइल बैंकिङको माध्यमबाट मात्रै कुल १ खर्ब ६३ अर्ब २५ करोड रुपैया बराबरको वित्तीय कारोबार भएको बैंकले जनाएको छ । अघिल्लो महिना यस्तो कारोबार १ खर्ब २१ अर्ब ९६ करोड रुपैयाँ बराबर

मोबाइल बैंकिङ प्रयोगकर्ता १ करोड ७६ लाख नाघे

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या १ करोड ७६ नाघेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको रिपोर्ट अनुसार बैशाख ३१ गतेसम्म यस्तो मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ताहरूको संख्या १ करोड ७६ लाख ७६ हजार २५९ पुगेको हो । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा १.६६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २०७८ बैशाख मसान्तसम्म कुल मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूको संख्या १ करोड ७३ लाख ८२ हजार ४४८ रहेको थियो । यसै आर्थिक वर्षको बैशाख मसान्तसम्म मोबाइल बैंकिङ

१ करोड ७७ लाख ७५ हजार मतपत्र छापियो

काठमाडौं, बैशाख १६ । स्थानीय तह निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख ७५ हजार मतपत्र छाप्ने कार्य भएको छ । ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छाप्ने काम सम्पन्न भइसकेको आयोगले जनाएको छ । हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ । देशभरबाट १ […]

१ करोड ७७ लाख मतपत्र छपाइ कार्य सम्पन्न

काठमाडौँ । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । आयोगका अनुसार ७२ जिल्लाका लागि एक करोड ७७ लाख थान मतपत्र छाप्ने काम सम्पन्न भएको हो ।

१ करोड १९ लाख मतपत्र छापियो

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि १ करोड १९ लाख मतपत्र छापिइसकिएको जानकारी दिएको छ । बिहीबारसम्म ५३ जिल्लाका लागि उक्त सङ्ख्यामा मतपत्र छापिई सकिएको आयोगले जनाएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पत्रकार सम्मेलन गर्दै मतपत्र छपाइबारे जानकारी दिएका हुन् । उनले भने, ‘५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र […]

स्थानीय निर्वाचनमा १ करोड ७९ लाख मतदाता

२०७४ सालको निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९३८ जना मतदाता कायम रहेको जनाउँदै आयोगले पछिल्लो पाँच वर्षमा २५ लाख नयाँ मतदाता थपिएको जनाएको छ। २०७७ पुस ५ गतेलाई कायम गर्दा १ करोड ६२ लाख ४३ हजार ११० जना मतदाता हुने उल्लेख छ।...

१ करोड ५० लाख मात्रा खोप खरिद प्रक्रियामा

काठमाडौं, असार ३० । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा सिंहदरबार छाड्नुअघि देशबासीको नाममा सम्बोधन गर्दै कोभिडविरुद्धको १ करोड ५० लाख मात्रा खोप सहुलियत दरमा खरिद प्रक्रियामा रहेको दाबी गरेका छन् । ओलीले जोन्सन एन्ड जोन्सनबाट ५० लाख, मोर्डनाबाट ४० लाख, फाइजरबाट ४० लाख र एस्ट्राजेनेकाबाट २० लाख मात्रा गरी कुल १ करोड ५० […]