रौतहटमा प्राविधिक शिक्षालयका प्रमुखमाथि आक्रमण, तीनजना पक्राउ

रौतहट :  जिल्लाको मौलापुर नगरपालिकामा सञ्चालिन बहुप्राविधिक शिक्षालयका प्रमुख मुकेश यादवमाथि हातपात भएको छ। शिक्षालय प्रमुखमाथि कुटपिट गरेको भन्दै प्रहरीले रोहित साह, बलिराम साह र विरोधी पटेल भनिने विनोदलाई पक्राउ गरेको छ।शिक्षालयमा पढाइ सुधारका लागि पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएको भन्दै आइतबार केही विद्यार्थीले यादवमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रहरी निरीक्षक नन्दकिशोर चौहानले जानकारी दिए ।पक्राउ परेका विद्यार्थीमध्ये रोहितले शिक्षालयको बेथितिको ब