काठमाण्डाै – प्रतिनिधि सभा तथा संसदीय समितिहरूको बैठकमा सांसदको उपस्थितिलाई नियमित गराउनुपर्नेमा जोड दिइएको छ ।
बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा संसद् बैठकमा अनुपस्थितिको सूचनासम्बन्धी व्यवस्थामा धारणा राख्ने धेरैजसाे सांसदले बैठकमा सांसदको उपस्थितिलाई प्रभावकारी बनाउन दैनिक हाजिरी प्रकाशित गर्नेसम्मको व्यवस्था नियमावलीमा नै राख्नुपर्नेमा जोड दिएका हुन् । सांसद हाजिर गरेर हिँड्ने र विधेयक पास गर्ने बेला कोरम नपुगेर कार्यसूची नै अघि बढाउन नसक्ने विगतको समस्या समाधान हुने गरी...