नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमालेका कारण आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जाने अवस्था आउन सक्ने बताएका छन् । एमालेले संसद अवरोध गरिरहने र संवादका लागि नआउने हो भने आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्ने उनको भनाई छ । शनिबार काठमाडौंमा काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनको अधिवेशनलाई सम्बोधन गर्दै थापाले स्थानीय तहको निर्वाचन भने बैशाख ३० गते नै हुने उल्लेख गरे । महामन्त्री थापाले बैशाखमा स्थानीय तहको चुनावपछि आम चुनाव गराउने बताए । उ