काठमाडौं : नेकपा एमालेका सांसद भीम रावलले बजेटमाथि छलफलको क्रममा अर्थमन्त्री संसदमा अनुपस्थित भएपछि खोजी गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जवाफदेही व्यवस्था भएकाले अर्थतन्त्र संकटग्रस्त भएको बेलामा अर्थमन्त्री अनुपस्थित भएकोप्रति आपत्ति जनाए। रावलले अर्थमन्त्री खोजे पनि सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री बिरामी भएकाले आएर फर्किएको जानकारी गराए। सभामुखले रावललाई रोक्दै भन्छन्, ‘उहाँ आउनुभएको थियो। मैले पनि देखेँ उहाँ अस्वस्थ हुनु भएर मसँग बिदा