काठमाण्डाै – आन्तरिक उडानको हवाई भाडा फेरि बढेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर एक सय ९० रुपैयाँ पुर्याएपछि वायु सेवा सञ्चालक सङ्घ नेपाल (आयोन) ले भाडा बढाएको हो । बढेको भाडा भोलि बिहीवारदेखि लागू हुनेछ ।
सबैभन्दा धेरै धनगढीको भाडा दुई सय २० रुपैयाँले बढेर अधिकतम १७ हजार २५ रुपेयाँ पुगेको छ । यस्तै नेपालगञ्जको १३ हजार नाै सय ८०, सुर्खेतको १४ हजार नाै सय ९५, भद्रपुरको १२ हजार नाै सय ५५ र विराटनगरको भाडा १० हजार २५ रुपैयाँ प...