कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले सोमबार राति शाहीको राजीनामा स्वीकृत गर्दै बहुमतको नयाँ सरकार गठन गर्न आह्वान गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा शाहीले राति साढे ७ बजे दिएको राजीनामा स्वीकृत भएको र बहुमतको सरकार गठनका लागि दावी प्रस्तुत गर्न मंगलबार राति साढे ७ बजेसम्मको समय दिइएको उल्लेख गरिएको छ ।
‘महेन्द्र बहादुर शाहीले कात्तिक १५ गतेदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत भएको अवस्थामा प्रदेशस...