पाँच दिनसम्म मनाइने तिहारको हरेक दिनको आफ्नै महत्व छ । काग, कुकुर, गाई, लक्ष्मी, गोरु र अन्त्यमा दाजुभाई दिदीबहिनीको पूजा गरेर तिहार मनाइन्छ । नेपालीले मनाउने हरेक चाडपर्वको आ-आफ्नै महत्व र विशेषता छन् । चाडपर्वमा टाढा रहेका आफन्त-परिवारका सदस्यसँग भेटघाट हुन्छ र न्यास्रो मेटाउने माध्यम बनिदिन्छ । मेरो लागि पनि यिनै पर्वले परिवारसँगको भेटघाट जुराइदिने […]